माधव नेपाल समुहकाे एमाले समाजवादीका यस्ता छन केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडाै‍ । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ। माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो।

पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेको सांसद राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन्।

चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने पाण्डेले बताए।

यी हुन् केन्द्रीय कमिटी सदस्य:


२,भाद्र.२०७८,बुधबार १९:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्