काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

अष्टलक्ष्मीले लिइन् पहिलो महिला मुख्यमन्त्रीको सपथ

6.32K
shares
khanepani bord

काठमाडाै‌ । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। उनी पहिलो महिला मुख्यमन्त्री हुन्। शाक्यले सपथ ग्रहणलगत्तै दुई जना मन्त्री पनि नियुक्त गरेकी छन्।

बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री चयन भएकी हुन्।

उनी माधव समूहमा सक्रिय नेतृ थिइन्। एमालेको केपी ओली पक्षले उनलाई बुधबार नै बाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो।

शाक्य पहिले पनि बाग्मती प्रदेशको मुख्यमन्त्रीका दाबेदार थिइन्। माधव नेपाल पक्षले सुरूमै उनलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको थियो। तर त्यति बेला केपी ओलीले हेटौंडाका पूर्वमेयर तथा आफ्नो गुटका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएका थिए।

शाक्यले मुख्यमन्त्रीको सपथ लिएसँगै दुई जना मन्त्री नियुक्त गरेकी छन्। उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्ति गरेकी हुन्।

खनालको नाम एमाले समाजवादी पार्टीले केन्द्रीय सदस्यका रूपमा राखेको थियो। निर्वाचन आयोगमा दर्ता हुँदा आफ्नो नाम रहे पनि उनले आफू त्यो पार्टीमा नरहेको सामाजिक सञ्जालमा बताएका थिए।

बुधबार नेपालले एमाले समाजवादी पार्टी दर्ता गर्दा खनालसँगै प्रदीप नेपाल लगायतको नाम थियो।

IME
khanepani