काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

सेयर मूल्य बढाउने जलविद्युत कम्पनीलाई कारबाहीको चेतावनी

5.9K
shares
khanepani bord

काठमाडौं । विद्युत नियमन आयोगले लगानीकर्तालाई झुक्याएर दोस्रो बजारको सेयर मूल्य बढाउने जलविद्युत कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै लगानीकर्तालाई झुक्याउने/बहकाउने खालको त्रुटिपूर्ण सूचना प्रवाह गरेर मूल्यमा चलखेल गर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो । यद्यपी, आयोगले सेयर मूल्य बढाउन त्रुटिपूर्ण सूचना प्रवाह गर्ने कम्पनीको नाम भने खुलाएको छैन ।

‘सूचीकृत कम्पनीले जानकारी तथा विवरण सार्वजनिक गर्दा सत्य निष्पक्ष जानकारी प्रेषित गर्नु पर्ने कम्पनीको जिम्मेवारी हो,’ आयोगले भनेको छ, ‘जानाजान मूल्य बढाउन लगानीकर्तालाई झुक्याउने गरी त्रुटिपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवं उत्पादक कम्पनीविरुद्ध आयोगले आवश्यक कारबाही चाल्ने सुनिश्चितता दिलाउन चाहन्छौं ।’

लगानीकर्ताले विद्युत आयोजना एवं कम्पनीहरुको प्राविधिक तथा वित्तीय अवस्थालाई मध्यनजर गरेर सम्भावित प्रतिफलको लेखाजोखा गरेर मात्रै लगानी गर्न आयोगले आग्रह गरेको छ । यस्तै, सेयरमा लगानी गर्दा सम्भावित मुनाफाको मूल्यांकनसँगै जोखिमको पनि आँकलन गर्न आयोगको सूचनामा उल्लेख छ ।

जलविद्युत कम्पनीको सेयर खरिद गर्दा कम्पनीको नेट वर्थ चुक्ता पुँजी भन्दा कम भए/नभएको, सेयरको बजार मूल्य र प्रति सेयर आम्दानीको अनुपात कम भए/नभएको, चालू सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भए/नभएको तथा तरलता अनुपात धेरै भए/नभएको हेर्न आयोगले अनुरोध गरेको छ ।

यसैगरी, निर्माणाधिन आयोजनाको हकमा कार्य प्रगति हेर्न, कम्पनीले लिएको ऋणको ब्याजदर उच्च भए/नभएको, ऋण तथा स्वपुँजीको अनुपात लगायतका विषय हेर्नुपर्ने आयोगले बताएको छ ।

IME
khanepani