जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

5.81K
shares
khanepani bord

काठमाडौं । चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन अहिले धमाधम भइरहेको छ । मंगलबाट सुरु भएको अडिसन ३१ भदौसम्म चल्ने आयोजकले जनाएको छ ।

अडिसन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गरेर गर्न सकिनेछ । अडिसनका लागि आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

डिजिटल अडिसनमा पास भएकाहरुले मात्र फिजिकल अडिसनमा सहभागी हुन पाउनेछन् । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।

विगत ३ सिजनका निर्णायक अहिले परिवर्तन हुने भएका छन् । त्यसैले यो सिजनमा को को निर्णायक रहने अहिले निश्चित भइसकेको छैन ।

khanepani