शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका कायममुकायम प्रधान सेनापति शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भदौ २५ गतेदेखि लागू हुने गरी शर्मा प्रधान सेनापति नियुक्त हुनेछन् ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्न मकवानपुरका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

३,भाद्र.२०७८,बिहीबार २१:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्