जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित एक युवक पक्राउ

5.23K
shares
khanepani bord

धनगढी । कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।

भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

khanepani