रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालका निरन्जन झा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले ९समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।

सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले बताए।

‘रेल सञ्चालनका लागि उहाँलाई नियुक्त गरिएको हो,’ ती मन्त्रीले भने।

सेतोपाटीसँग कुराकानी गर्दै महाप्रबन्धक नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताए।

‘नियुक्तिको पत्र आज आउला,’ उनले भने। झाले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

नेता नेपालले एमाले ९समाजवादी० गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ। बिहीबारकै मन्त्रिपरिषदले नेता नेपालनिकट यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा रेल्वे कम्पनीको महाप्रबन्धकमा भट्टराईलाई नियुक्त गरेका थिए। भट्टराई सामाजिक सञ्जालमार्फत् ओलीका आलोचकहरूलाई तुच्छ शब्द प्रयोग गरेर गालीगलौजमा उत्रिन्थे।

नेपालले जनकपुर(जयनगर रूटमा चलाउन भारतबाट दुइटा रेल किनेको छ। झन्डै एक वर्षअघि रेल आए पनि चलाउने जनशक्ति नहुँदा अहिलेसम्म रेल सञ्चालनमा आउन सकेको छैन।

४,भाद्र.२०७८,शुक्रबार ११:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्