काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाएको छ । शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाएको हो ।
प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोग स्रोतले जनाएको छ । यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्