चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद

धनगढी । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो ।

दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

ती रुद्राक्षका माला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरीले बताएको छ ।

४,भाद्र.२०७८,शुक्रबार १७:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्