सर्पको डसाइबाट ४५ वर्षीय पुरुषको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ । चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताए ।

एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कने क्रममा चौधरीलाई विषालु सर्पले डसेको थियो । सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

४,भाद्र.२०७८,शुक्रबार १८:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्