नेपाल बिम्ब फोटोग्राफी प्रतियोगिताको घोषणा

काठमाडौं ।शिलापत्र डटकमले नेपाल बिम्ब फोटो प्रतियोगिताको घोषणा गरेको छ । शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै शिला पत्र मिडिया नेटवर्कका अध्यक्ष सुरेश सिम्खडाले फोटोग्राफरहरूलाई प्रोत्साहन दिनका लागि प्रतिस्पर्धा आयोजना गरिएको बताए ।

शिलापत्र डटकमका प्रधान सम्पादक वसन्त बस्नेतले नयाँ पुस्ताका फोटोग्राफरहरूका लागि यो प्रतियोगिता राम्रो प्लेटफर्म बन्नसक्ने बताए । १ भदौदेखि ३१ भदौसम्म सञ्चालन हुने प्रतियोगितामा सामाजिक सञ्जालमार्फत सहभागिता जनाउन सकिनेछ, यसका लागि सहभागीहरुले नेपाल बिम्बको फेसबुक ग्रुप तथा शिलापत्रको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमार्फत आफुले खिचेका फोटो पोस्ट गर्नुपर्ने हुन्छ । प्रतियोगितामा ल्यान्डस्केप/एस्ट्रो फोटोग्राफी, स्ट्रिट फोटोग्राफी, वाइल्डलाइफ फोटोग्राफी, पोट्रेट फोटोग्राफी र कल्चर/फेस्टिभल्स फोटोग्राफी गरी पाँच विधामा विजेता चयन हुनेछन् ।

हरेक विधाका विजेताले ५० हजार रुपैयाँ नगद पाउनेछन् । प्रतिस्पर्धीहरुका फोटोले निर्णायक मण्डलबाट ७५ प्रतिशत र सामाजिक सञ्जालमार्फत प्राप्त भोटबाट २५ प्रतिशत अंक पाउनेछन् । प्रतियोगिताको निर्णायक समितिमा मिन बज्राचार्य, गोरख विस्ट र स्कन्द गौतम रहेका छन् ।

४,भाद्र.२०७८,शुक्रबार १८:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्