बहुविवाह र ठगी आरोपमा युवक पक्राउ

धनुषा । बहुविवाह गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–११ घर भएका विकासकुमार शाहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । २६ वर्षीय विकास र उनकी कान्छी पत्नी मनिलाकुमारी दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जीतेन्द्रकुमार बस्नेतले बताए ।

जनकपुर उप–महानगरपालिका–४ स्थित मुरली चोकबाट पक्राउ परेका शाह दम्पतीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विकास बैंकिङ्ग कसुर र ठगीमा पनि संलग्न रहेको थाहा भएको छ ।

शाहले सरकारी र गैरसरकारी संस्थाहरुमा ‘आवश्यक सामान सप्लाई गर्छु’ भनेर महङ्गो मूल्य पर्ने इलेक्ट्रोनिक सामान उधारोमा लिएर ठग्ने गरेको डिएसपी बस्नेतले बताए । सामान किनेपछि पसल सञ्चालकलाई ‘खातामा पैसा छ’ भनेर उनले चेक दिन्थे । तर, चेक साट्नुअघि नै खाताबाट पैसा निकालेर उनले ठग्ने गरेका थिए ।

६,भाद्र.२०७८,आईतवार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्