कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको उनले बताए । सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।

६,भाद्र.२०७८,आईतवार १४:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्