काठमाडौं उपत्यकामा ५६६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६६ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयले जनाएको छ ।

आज देशभर भने १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२४८ जना संक्रमणमुक्त भएका छन् ।

६,भाद्र.२०७८,आईतवार १८:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्