जीनाब्रीको दुई गोलमा बार्यनको पहिलो जित

काठमाडौं । सर्जी जीनाब्रीले दुई गोल गरेपछि साविक विजेता बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा पहिलो जित हात पारेको छ ।

नयाँ सिजनको पहिलो खेलमा बराबरी खेलेको बार्यनले आइतबार राति भएको खेलमा एफसी कोल्नलाई ३-२ ले पराजित गरेको हो ।

बार्यनका लागि घरेलु मैदानमा जीनाब्रीले ५९औं र ७१औं मिनेटमा गोल गरे । यस्तै रोवर्ट लेवान्डोस्कीले ५०औं मिनेटमा गोल गरे । कोल्नका लागि एन्टोनी मोडेस्टेले ६०औं र मार्क थले ६२औं मिनेटमा गोल गरे ।

जितपछि दुई खेलबाट ४ अंक जोडेको बार्यन चौथो स्थानमा छ । दोस्रो चरणको खेल सकिँदा शतप्रतिशत जित हात पारेको वल्फ्सवर्ग ६ अंकसहित शीर्ष स्थानमा छ ।

यो पनि पढ्नुहोस  अछाममा बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
७,भाद्र.२०७८,सोमबार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: