नेपाली कांग्रेसमा सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् ।

वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो । छलफलमा सबैले सभापतिमा आआफ्नो दाबी पेश गरेको नेता केसीले जानकारी थिए ।

७,भाद्र.२०७८,सोमबार १२:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्