काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

जसपाको राजनीतिक प्रतिवेदन : काँग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादउन्मुख जनवाद असफल

4.62K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको निश्कर्ष निकालेको छ ।

‘नेपालमा नेपाली काँग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको छ’, गत भदौ २ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै विचारको दृष्टिले वैकल्पिक र शक्तिको दृष्टिले पहिलो बन्ने अभियानको अभियन्ता भएको समेत जसपाले जनाएको छ । ‘पुरानो विचार बोकेर वैकल्पिक शक्ति निर्माण हुँदैन ।

त्यसका लागि विचार, सङ्गठन, सङ्घर्ष सबै हिसाबले नयाँ ढङ्गको, हरेक क्षेत्रमा आफ्नो अलग विकल्प भएको तथा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद निर्माणको कार्यभारहरूलाई पूरा गर्न सक्ने पार्टी हुनु पर्दछ’, राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

khanepani