काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

नापतौल विभागद्वारा वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च

4.77K
shares
khanepani bord

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृति नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विगत सात/आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडासैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब, इन्धन, वर्कसप र अध्ययन तथा आर्जन दिवसलगायतका शीर्षकमा स्वीकृतिविना खर्च गरेको बताइएको छ ।

विभागले ओजोन कार्यक्रमका लागि २०७४ मा रु ७१ लाख २६ हजार २०७५ मा रु ५८ लाख ८९ हजार र २०७७ मा रु ५८ लाख ८९ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले तालुक निकायबाट स्वीकृत नभएका कारण औँल्याएको छ । उता विभागको लेखा शाखाले पनि आव २०७७/०७८ मा ओजोन तह कार्यक्रम सञ्चालन गरेको तर स्वीकृत नभएको जनाएको छ ।

नेपाल सरकारलाई प्राथमिक वैदेशिक सहायता रकम राष्ट्रिय बजेट प्रणालीमा आबद्ध गरी स्वीकृत कार्यक्रमअनुरुप सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था छ । आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने निकायबाट नियमानुसार कार्यक्रम स्वीकृत नगरी खर्च गरेको भनी विगतका वर्षदेखि वार्षिक रुपमा कूल वार्षिक खर्च रकम नै बेरुजु कायम गरिएको तथ्य अभिलेखबाट पुष्टि भइसकेको विभागको लेखा शाखाले जनाएको छ । विभागअन्तर्गतका ल्याबको अवस्था पनि नाजुक रहेको प्राविधिक बताउँछन् ।

IME
khanepani