रुपन्देही । नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।
एमाले सासंदहरुले बैठक सुरु हुनासाथ ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा कायम गर’ जस्ता नारा लगाएका थिए।
एमालेकाे निरन्तर नाराबाजीपछि बैठक २:३० सम्मका लागि स्थगित गरिएको छ ।
दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्