बालकोटमा ओली र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।

भेटका क्रममा चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।

त्यसको जवाफमा एमाले अध्यक्ष अ‍ोलीले आफूले सरकारको नेतृत्व गरेको बेला भारत सरकार र सो सरकारलाई समर्थन गरेको दल भाजपाको राम्रो सहयोग रहेको उल्लेख गर्दै त्यसका लागि आफूले धन्यवाद दिन चाहेको धारणा राखेका थिए । आफूले भाजपा र एमालेबीच राम्रो सम्बन्ध कायम रहोस् भनि चाहेको धारणा पनि राखेको बताइएको छ ।

चौथाइवालेले आजै अपरान्ह ४ वजे पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दैछन् ।

७,भाद्र.२०७८,सोमबार १४:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्