जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन

6.66K
shares
khanepani bord

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको जनाएको छ । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताए ।

उनले प्रदेशसभाको निर्धारित बैठकमा आफूहरुले आफ्ना मागलाई प्रस्टसँग राखेको र माग पूरा नभए सदन चल्न नदिने अडान कायम रहेको पनि उल्लेख गरे । तर सोमबार बस्ने तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची राखिए पनि आफूहरुलाई यसबारे जानकारी नभएको र बैठकमा एमाले सहभागी नहुने उनले बताए ।

‘हामीलाई विश्वासको मतबारे जानकारी गराइएको पनि छैन, हामी बैठकमा सहभागी पनि हुँदैनौ’ चौधरीले भने ।

khanepani