कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । दाङको घोराही उप–महानगरपालिकामा व्यक्ति हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उप–महानगरपालिका–४ घर भएका ३७ वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

२०६२ मंसिरमा नेपालीले सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका हु्न् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । हत्यापछि लुकेर हिँडेका प्रकाशलाई गोरखाको अजिरकोटस्थित झ्यालाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।

७,भाद्र.२०७८,सोमबार १५:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्