काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताएका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेको बताएका हुन् । ‘आज माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ ।
उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो’ नेता भट्टराईको भनाइ छ ।
यसअघि माधव नेपालसहित बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठक बसेर निर्णय गर्न भनिएपनि नेता नेपालले त्यसो नगरेको भट्टराईको भनाई थियो । ‘उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो । अब उहाँ पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् ।
कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ’ भटराईले सञ्चारकर्मीसँग भने ।
प्रतिक्रिया दिनुहोस्