थप १,८०१ जनामा कोरोना संक्रमण, १,९२४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।

७,भाद्र.२०७८,सोमबार १७:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्