अफगानिस्तानबाट मानिसहरुलाई निकाल्नेबारे बोले बेलायती मन्त्री : अमेरिका निस्किएपछि हामी त्यहाँ एक्लै बस्न सक्दैनौं
वि.सं.२०७८ भदौ ७ सोमवार १९:५२
shares
Afghans crowd at the tarmac of the Kabul airport on August 16, 2021, to flee the country as the Taliban were in control of Afghanistan after President Ashraf Ghani fled the country and conceded the insurgents had won the 20-year war. (Photo by - / AFP)
एजेन्सी । अफगानिस्तानबाट मानिसहरुलाई निकाल्ने अभियान अमेरिकी सैनिक त्यहाँबाट हट्ने बित्तिकै समाप्त हुने बेलायतका सशस्त्र सेनाका मन्त्री जेम्स हिप्पेले बताएका छन् ।
उनले बेलायत ३१ अगस्टमा पहिले नै निश्चित समयसीमामा काम गरिरहेका थिए । यो मितिमा अमेरिकाले अफगानिस्तान छोड्नु छ । यद्यपि, प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग थप समय माग गर्ने आशा छ ।
जेम्स हिप्पेले मानिसहरुलाई त्यहाँबाट निकाल्न तालिबानको सहयोगमा पनि निर्भर हुने बताएका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार जीसेभेन देशको एउटा आपतकालीन बैठकको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अमेरिकी सैनिकलाई फिर्ता ल्याउने समय सीमा बढाउनका लागि भन्नेछन् ताकि मानिसहरुलाई त्यहाँबाट निकाल्ने उडान जारी गर्न सकियोस् ।
काबुलमाथि तालिबानको कब्जा भएको एक हप्तापछि पनि त्यहाँ देशबाट बाहिर निस्कनका लागि हवाई अड्डामा हज्जारौं संख्यामा मानिसहरु प्रतीक्षारत छन् ।
मन्त्री जेम्स हिप्पेले बीबीसी ब्रेकफास्टलाई अघिल्लो हप्तासम्म ६,६३१ जनालाई त्यहाँबाट निकालेर बेलायत ल्याएको र अबको २४ घण्टामा थप ९ विमान त्यहाँबाट निस्कने बताए ।
उनले भने, ‘अफगानिस्तानमा अहिले पनि बेलायती पासपोर्टधारी करिब १८ सय मानिस छन् र यूके सरकारसँग काम गर्ने २,२७५ अफगानी जनतालाई पनि यहाँ पुनर्वास गर्न सकिन्छ साथै अफगान सिभिल सोसाइटीका मानिसहरुको पनि एउटा सूची छ, यदि हामी सक्षम भयौं भने उनीहरुलाई पनि बाहिर निकाल्न चाहनेछौं ।’
उनले थपे, ‘यो निकासी अमेरिका बिना सम्भव छैन जसले विमानस्थलमा पूरा अपरेशनलाई उत्कृष्ट तरिकाले सम्हालेका छन् ।’
उनी भन्छन्, ‘यदि समयसीमा बढाउने अवसर नपाएको खण्डमा हामीले ३१ अगस्टसम्म आफ्नो योजना अनुसार काम गर्नुपर्ने हुन्छ र यदि यस्तो भएको खण्डमा त्यहाँबाट धेरैभन्दा धेरै मानिसहरुलाई निकाल्नका लागि हरेक मिनेटले महत्व राख्छ ।’





















