८६ लाख रुपैयाँसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको झण्डै ८६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । ८५ लाख ५६ हजार रुपैयाँसहित पक्राउ पर्नेमा बाराको जिल्ला सिमरा उपनगरपालिका वडा नं २ घर भई हाल काठमाडौंको चण्डोल बस्ने लक्ष्मण पौडेल तथा कामनपा वडा नं २४ फसिकेव स्थित राजेन्द्र स्थापितको घरमा होलिडे ट्रेडिङ नामक कम्पनी सञ्चालन गर्ने अभिशेष अग्रवाल र सोही कम्पनीमा कार्यरत मधुसुदन खडका रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले लक्ष्मण पौडेल झोलामा ३१ लाख रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा खिचापोखरीबाट पक्राउ गरेको बताए । पक्राउ पछि वृत्त जनसेवामा ल्याइ सोधपुछ गर्दा उनले सो रकम अग्रवालले दिएको बयान दिएका थिए ।

त्यसपछि अग्रवालले संचालन गरेको होलिडे ट्रेडिङमा पुगेर प्रहरीले खानतलासी गर्दा स्रोत नखुलेको ५४ लाख ५६ हजार रुपैयाँ फेला परेको बस्नेतले उनले बताए । दुबै जनाले रकमबारे स्रोत खुलाउन नसकेको हुँदा वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

८,भाद्र.२०७८,मंगलवार १८:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्