काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन्...

पुरा पढ्नुहाेस्

नेपाल स्काउट र राष्ट्रिय सेवा दलका सदस्यलाई पहिलो डोज कोरोना खोप दिइँदै

5.1K
shares
khanepani bord

काठमाडौं । काठमाडौंमा नेपाल स्काउट र राष्ट्रिय सेवादलका सदस्यलाई कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार नेपाल स्काउट र राष्ट्रिय सेवादलका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई बुधबारदेखि नै पहिलो डोज दिन सुरु गरिएको हो ।

यसअघि निर्धारण गरिएका खोप केन्द्रहरुमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको उनले बताए । यो समूहका व्यक्तिले खोप लगाउन जाँदा विद्युतीय अनलाइन दर्ता अनिवार्य साथै लिएर जानुपर्ने छ ।

बिहीबारसम्म चल्ने यो खोप अभियानमा खोप केन्द्रमा उपलब्ध भएको भेरोसेल वा एस्ट्राजेनेकाको खोप लगाउन सक्ने खड्काले बताए ।

khanepani