काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

आउन चाहनेलाई ढोका खुलै राखेका छौं : रामकुमारी झाँक्री

4.63K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् ।

बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् ।

हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’

नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् । नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताइन् ।

khanepani