काठमाडौं । काठमाडौंमा (कोभिड–१९)विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।
यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए ।
‘भदौ ४ गतेदेखि पहिलो डोज लगाउन सुरु गरेका थियौं । तर बीचमा लगातार तीन दिन सार्वजनिक विदा पर्यो,’ उनले भने, ‘जसले गर्दा आज र भोलि थप दुई दिन पहिलो डोज दिन्छौं ।’
भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।
खडकाका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्