महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

धनगढी ।‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न रोक लगाइएको छ ।

महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सक्रमणको जोखिम बढेको, सडक निर्माणाधिन अवस्थामै भएकाले भीड व्यवस्थापन गर्न समस्या भएको, झै-झगडा हुने जस्ता कारणले आइतबारदेखि सो सडकमा घुम्न रोक लगाउने निर्णय भएको बताए ।

भीमदत्त नगरपालिका-६ ओदालीमा रहेको यो रोडमा टीकटक बनाउने र फोटो खिच्ने मानिसहरुको दैनिक भीड लाग्ने गरेको छ । कैलाली र कञ्चनपुरसहितका अन्य विभिन्न जिल्लाबाट यहाँ मानिसहरु आइपुग्छन्। शुक्रबार र शनिबार अन्य दिनको तुलनामा भीड बढि लाग्ने गरेको छ ।

९,भाद्र.२०७८,बुधबार १८:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्