काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप, जोर बिजोर प्रणाली कायमै

5.33K
shares
khanepani bord

पोखरा । कास्कीमा सार्वजनिक तथा निजी यातायातमा लागू गरिएको जोर बिजोर प्रणाली कायम गर्दै भदौ १८ सम्म निषेधाज्ञा थपिएको छ । बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले सार्वजनिक यातायात सुचारु गर्न पाउनेछन् । संक्रमित बढेको भन्दै भदौ ४ गतेदेखि यातायातमा जोर बिजोर प्रणाली लागू भएको थियो ।

वैशाख १५ देखि कास्कीमा निषेधाज्ञा जारी छ । कास्कीमा बुधबारबारसम्म १ हजार ९१२ कोरोनाका सक्रिय संक्रमित छन् भने ५४२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कास्कीमा ७ संक्रमितले ज्यान गुमाएका छन् ।

IME
khanepani