काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

एक साता भन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरु खुल्न थाले, पैसा निकाल्नेको लागो भिड

4.32K
shares
khanepani bord

काठमाडौं । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरु खुल्न थालेका छन् । बैंकहरु खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भिड देखिएको छ ।

अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए । सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै बैंक बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै बढेको आशंकाका कारण वित्तीय संस्थाहरु बन्द थिए ।

अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरुले आफ्नो बैंकमा रहेको पैसाले काम चलाउन पाएका छैनन् । यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटीएममा ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।

मानिसहरु पैसा निकाल्न बैंकमा घण्टौंसम्म लाइनमा बसेका छन् । तालिबानले पनि सरकार बनाउन ढिलाइ गरिरहेको छ । गत साता तालिबानले अर्थ मन्त्रालयले सबै अफगानिस्तानका सबै कर्मचारीलाई तलब भत्ता दिने बताएको थियो । तर, अफगानिस्तानका धेरै मानिसले भने तालिबानले आफ्नो प्रतिबद्धता पूरा गर्नेमा आशंका व्यक्त गरेका छन् ।

khanepani