जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी

4.08K
shares
khanepani bord

काठमाडौे । काठमाडौ नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

एमाले केन्द्रीय समितिको बैठकमा आज मुद्दा दायर गर्ने विषयमा छलफल हुँदैछ।

एक केन्द्रीय सदस्यका अनुसार माधव नेपालले गरेको दल विभाजन कानुनविपरीत रहेको जिकिरसाथ मुद्दा दायर गर्ने एमालेको तयारी छ।

तर त्यसअघि केन्द्रीय समितिमा छलफल हुने ती नेताले बताए।

एमाले केन्द्रीय समिति बैठक आजै बस्दैछ।

एमालेले पार्टीले कारबाही गरेका नेताहरूलाई आधार मानेर निर्वाचन आयोगले सनाखत गरेकाले त्यसलाई मान्यता नदिन मुद्दा दायर गर्ने तयारी गरेको हो। यसअघि नै एमालेले पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेकोले ती सांसदको सनाखत नगराउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो।

हामीले सरकारले ल्याएको अध्यादेश गलत थियो भनेका थियौ, ती केन्द्रीय सदस्यले भने,अध्यादेशलाई आधार मान्ने हो भने पनि पार्टीले कारबाही गरेका मान्छेको सनाखत गरिएको छ। त्यसैले केन्द्रीय समितिले निर्णय गरे हामी मुद्दामा जान्छौं ।

एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी आयोगलाई पठाएका थिए।

सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था कानुनमा छ। निर्वाचन आयोगले हतार हतार त्यति समय नपर्खि निर्णय गरेको छ, ती केन्द्रीय सदस्यले भने, आयोगले तत्काल सनाखत गर्नुपर्ने कुनै कारण थिएन। सभामुखले विचाराधीन राखेको सांसदलाई कारबाही गर्ने विषयमा निर्णयमा पुग्ने थिएन ।

नेकपा एमालेबाट विभाजन भएर बुधबार माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ।

khanepani