काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोलेका छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्नका लागि सम्पर्क कार्यालय खोलेका हुन् ।
निधिले नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय राखेका छन् । उनले शुक्रबार अपरान्ह सम्पर्क कार्यालय उद्घाटन गर्ने गर्ने तयारी गरेका छन् ।
संस्थापन समूहमा रहेका उपसभापति निधिले सभापतिका लागि लामो समयदेखि तयारी अगाडि बढाएका छन् । उनले सभापति शेरबहादुर देउवासँग सहयोगका लागि आग्रह गरिसकेका छन् भने संस्थापनइतर समूहका सभापतिका आकांक्षीसँग पनि निरन्तर संवाद गर्दै आएका छन् ।
सर्वसम्मत उम्मेदवार चयन हुने अवस्था नभए आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने निधिले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्