एक वर्षमा साढे ६९ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ६९.५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १.१ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक रिर्पोट सार्वजनकि गरेको बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९.५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४.५३ अमेरिकी डलर पुगेको बताएको हो । यस्तो मूल्य अघिल्लो वर्ष प्रति ब्यारेल ४३.९६ अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।

समिक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीब्र वृद्धि आइरहँदा यता सुनको मूल्यमा भने सामान्य वृद्धि मात्र भएको बैंकले जनाएको छ ।

वार्षिक रिर्पोट अनुसार २०७७ असार मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रति आउन्स सुनको मूल्य १ हजार ८०४.६० अमेरिकी डलर रहेकोमा २०७८ असार मसान्तमा १.१ प्रतिशतले वृद्धि भई १ हजार ८२३.७५ अमेरिकी डलर मात्र पुगेको बैंकले जनाएको छ ।

१०,भाद्र.२०७८,बिहीबार १८:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्