जनकपुरधाम । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । सत्ताको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार आफ्ना मन्त्रीको जिम्मेवारी हेरफेर गरेको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेर्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए ।
साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् ।
मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्