काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साता भित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन

4.95K
shares
khanepani bord

काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ ।

यसअघि तालिबानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो । पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै महिलालाई काममा फर्किन आग्रह गरेको तालिबानले जनाएको छ ।

तालिबानको जनस्वास्थ्य मन्त्रालयले सबै महिला र कर्मचारीलाई नियमित काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयको विज्ञप्तिमा उनीहरुलाई आफ्नो नियमित काम गर्नमा कुनै अवरोध सिर्जना नहुने उल्लेख गरिएको छ ।

तालिबानले दुई साताअघि अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन ।

khanepani