मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत, आज र भोलीमा सरकारको पूर्ण आकार

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई आजभोली नै पुर्णता दिन सहमत भएका छन । ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुनेछ ।

यसैगरी बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको छ ।

यो पनि पढ्नुहोस  बालबालिकासँग प्रधानमन्त्री सिर्जनात्मक बन्नुपर्छ, मेहनत गरेर प्रगति गर्नुपर्छ
१४,भाद्र.२०७८,सोमबार ११:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: