सेलेघाट- साँघुटार सडक खण्डको ठेकेदार भाग्यो, तीन महिनादेखि काम ठप्प

स्थानीयहरुको आक्रोश बढ्यो, काम सूचारु गराउन परामर्शदाताको ठेकेदारलाई दवाव

काठमाडौं । काम गर्ने सम्पूर्ण किसिमको बातावरण हुदाँ समेत निर्माण व्यावसायीले काम गर्ने इच्छा देखाएका छैनन । उनले बदनियत पूर्ण किसिमले काम नगरेको बताउँछन सेलेघाट साँघुटार सडक खण्डका परामर्शदाताका प्रतिनिधि ।
सेलेघाट, रामेछाप, सालुदेखि साँघुटार सडकको ठेक्का लागेको नौ महिना वितिसकेको छ । यो नै महिनामा निर्माण व्यवसायीले जम्मा ११ प्रतिशत भन्दा बढी काम गर्न सकेको छैन । यो सडक खण्डको ठेक्का अबधि हो, जम्मा ३० महिना । यहि हिसावले यहाँको काम हुने हो भने यो ठेक्का पुरा हुन दश वर्ष लाग्ने छनक देखिएको छ ।
यो सडक खण्डमा काम गर्ने निर्माण व्यावसायीका कारण यो बर्षाको समयमा सवारी साधन चल्न सकेका छैन । निर्माण व्यावसायी करिव तीन महिना देखि साइडमा छैनन । उनीहरु सम्पर्कमा रहेपनि साइड जान आनकानी गरिरहेको स्थानीयहरुको गुनासो रहेको छ ।
भारतको एक्जीम बैकको लगानीमा टेलिकमिनिकेशन इन्डीया लिमिटेडले करिब ५० किलोमिटर सडकको नाला, ग्राबेल, वाल र पिचको काम गनर्, करिव एक अर्ब ६५ करोडको ठेक्का लिएको हो । यसको साइड अफिस रामेछापको भंगेरीमा छ, भने लिलितपुरको सनराइज टावर धोवीघाटमा नेपाल सम्पर्क कार्यालय रहेको समाचार स्रोतले दावी गरेको छ । यसका नेपाल तर्फका इन्जिनियर निलकण्ठ पौडेल रहेका छन ।
टेलिकमिनिकेशनसँग दिपेन्द्र शाहीले भरत सिद्धि शाही जेभिको नाममा काम हात पारेका थिए ।
यस सडक खण्डमा काम गर्ने स्थानीय पेटि ठेकेदारहरुले काम गरेको पैसा समयमा नपाउँदा उनीहरुले काम छोडेका कारण सडक निर्माणको काम अलपत्र परेको स्थानीय युवाहरुको गुनासो रहेको छ ।
स्थानीय तहमा मोति तामाङ, अनिल र सभाषले काम गरेका थिए । तर, उनीहरु मुख्य ठेकेदारले पैसा दिन नसकेका कारण काम वीचमै अलपत्र पारेर हिड्न बाध्य भएको गुनासाहरु पनि रहेका छन ।
अबको १९ महिनामा यस सडकको सबै काम सक्न ठेकेदारलाई ठुलो समस्या पर्ने अवस्था देखिएको छ । ठेकेदारले लगातार काम गर्दा पनि करिव ८९ प्रतिशत काम सक्न निक्कै कठिन हुने छ । नौ महिनामा ११ प्रतिशत कामको प्रगति दिएको निर्माण कम्पनीले के कति कारणले कामलाई निरन्तरता दिन नसकेको हो । र, अब कामलाई गतिशिल बनाउन भारतीय निर्माण कम्पनीले कसरी काम गर्छ, त्यो भने प्रतिक्षाकै विषय भएको छ ।
यस सडक खण्डका परामर्शदाताका प्रतिनिधिले भने भनेका छन, यहाँ काम गर्ने बातावरण छ, तर, पछिल्लो तीन महिनामा कामले गति लिन सकेको छैन, स्थानीय निर्माण व्यावसायीहरुले काम गर्न रुची देखाएका छैनन । मुख्य निर्माण व्यावसायी साइडमा छैन ।
साइडमा रहेका घर, टहराको लागत स्टीमेट भई मुआब्जा दिने अन्तिम तयारी भएको छ भने, इलाका बन भित्र रहेको क्षेत्र र सामुदायीक बनको क्षेत्रको पनि लागत उठेर सम्बन्धीत निकायमा निर्णयको लागि पठाइ सकिएको छ । फलफुलका बोटहरुको पनि लागत उठी कृषि ज्ञान केन्द्रमा निर्णयको लागि पठाएको परामर्शदाताका प्रतिनिधिको भनाइरहेको छ । विद्युत सम्बन्धी पनि स्टीमेट भइ काम अगाडि बढी सकेको छ । त्यसैले यस सडक खण्डमा कुनै किसिमको बाधा र व्यवधान छैन र पनि कामले गति नलिनुमा ठेकेदारको कमजोरी देखिएको छ । यसमा सम्बन्धी निकायको ध्यान समयमै जानु नितान्त जरुरी देखिएको छ । यदि ठेकेदारले काम गर्न नसकेमा अन्य विकल्पमा पनि जान सम्बन्धीत निकायलाई स्थानीय सरोकारवालाहरुको दवाव रहेको छ ।
स्थानीय युवाहरुको आक्रोश फेसबुकका भित्ताहरुमा व्यापक पोखिएका छन । उनीहरुका आक्रोशका फेसबुक स्कीन सट समेत यहाँ समाबेस गरिएको छ ।

१४,भाद्र.२०७८,सोमबार १३:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्