मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

नेपाली जनता

धादिङ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको थियो ।

सोमबार बिहान साढे ९ बजेको समयमा भएको दुर्घटनामा परी ३५ जना घाइते भएका थिए । जसमध्ये १६ जनाको अवस्था गम्भीर रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।

गम्भीर घाइते मध्ये १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको उनले बताए ।

यो पनि पढ्नुहोस  फेसबुके नक्कली आर्मीः चौध युवतीलाई डेढ करोड ठगेर फरार पक्राउ !
१४,भाद्र.२०७८,सोमबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: