माधव नेपालले झेली गरेको भन्दै प्रदीप नेपालले छाडे माधव नेपालको पार्टी

काठमाडौं । माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गरेका छन् ।

पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उनी नेकपा (एकीकृत समाजवादी) को सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए ।

बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको नेपालले सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाएका छन् । आफू सधैँ तानाशाही प्रवृत्तिको विरोधी भएको भन्दै उनले केपी ओलीसँग पनि नजाने बताएका छन् ।

‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपालले लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’

१४,भाद्र.२०७८,सोमबार १५:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्