काठमाडौ । भष्टाचारी र अनियमित काम गर्ने कर्मचारीहरु र ठेकेदारका शुरक्षा कबज जस्तै देखिएका केयूकेएल कर्मचारी युनियनका नेता कर्मचारीहरुलाई केन्द्रमा सरुवा गर्ने तयारी भएपछि यूनियन एक जुट भएर आन्दोलनको धम्की दिएका छन ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा क्रियासिल पाँच कर्मचारी युनियनहरुले सात दिन भित्र आफुहरुसंग भएको सम्झौता लागु नभए श्रम ऎन अनुसार आन्दोलनमा जाने व्यवस्थापनलाई चुनौती दिएका हुन ।
कर्मचारीहरु वीच नै बद्नामि कमाएका केहि कर्मचारी नेताहरुको जागिर अवधि छोटिदै गएपछि अनावश्यक आर्थिक माग राखेर आन्दोलनको धम्की दिएका हुन । केयूकेएल आफै कर्मचारीहरुलाई तलवसम्म खुवाउने अवस्थामा छैन । कर्मचारीहरुका यूनियनहरुका नेताहरु आफै राम्रो शाखामा बसेर अबैध ढंगले आर्थिक चलखेल गर्दै आएका छन ।
नेपाली कांग्रेस रामचन्द्र निकट सन्दबहादुर बोहोराले नेतृत्व गरेको युनियन अध्यक्ष आफै जाउलाखेल शाखाका लेखा प्रमुख हुन । उनीको जागिरको अबधि एक वर्ष जति मात्र रहेको छ । उनी यो एक वर्ष त्यहि शाखामा बसेर विदा हुने इच्छा राख्दै आएका छन ।
त्यसै गरि नेपाली कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा निकट युनियनका अध्यक्ष दक्ष पोख्रेल पनि महाराजगञ्ज शाखामा खरिद प्रमुख छन । उनी पनि यहि शाखा वा यस्तै अर्को अर्कषक शाखाको खोजीमा रहेका छन । यस यूनियनकि महासचिव सारदा बोहोरा केयूकेएलकै राम्रो आयोजना पिआईडीको लेखामा कार्यरत छिन ।
नेकपा एमाले, माओवादी के्रन्द्र र माधव नेपाल समुहको एउटै संयूक्त संगठनको अध्यक्ष नवलसिंह साउद पनि जागिरको आखिरी वर्ष तिर लाग्दै छन । उनी पनि केहि सुविधा बढाएर घर जाने जोचमा छन । उनी अहिले महाँकाल चौर शाखाका खरिद र प्रशासन प्रमुख छन । उनी पनि केन्द्रमा आएर बस्ने सोचमा छैनन । त्यसैले पनि केहि वखेडा झिकेर यहि ठाउमा टिकिरहने इच्छा राख्दै आएका छन । यस यूनियनका महासचिव कर्णबहादुर घनामगर पनि केयूकेएलकै आयोजना पिआईडिमा कार्यरत छन ।
अर्को आफुलाई स्वतन्त्र दावी गर्ने विप्लव समुहको गोपालसिंह धामिले नेतृत्व गरेको यूनियनले पनि यीनै युनियनको दासत्व स्वीकार गर्दै आएको छ । यस युनियनका अध्यक्ष धामी भने केन्द्रिय कार्यालयमा सरुवा भएर आएका छन । यस युनियनको च्याँखे दाउँ भने अर्के रहेको छ ।
पूर्व पञ्चहरुको पार्टि निकट रहेको यूनियनका अध्यक्ष पनि केयुकेएल त्रिपुरेश्वर शाखाका लेखा प्रमुख हुन । उनी सरुवा भएको एक वर्ष हुर्दै छ । त्यसैले उनी पनि यसै ठाउँमा टिकि रहने सोचमा छन ।
त्यसैले आफ्ना स्वार्थका पोकाहरुलाई कसिलो बनाउने खेलमा यूनियनका नेताहरु लगेका छन भने, अन्य कर्मचारी मुकदर्शक जस्तै देखिएका छन ।
त्यसैले आइतबार केयूकेएलका प्रमुख कार्यकारी अधिकृतलाई भेटी सात दिन भित्र युनियनहरुसंग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयन नभए आन्दोलनमा जाने जानकारी गराएर झारो टार्ने काम गरेका छन । कम्पनी व्यवस्थापनले कर्मचारी युनियनहरुसंग २०७८ साउन ७ गते पेशागत मागहरू कार्यान्वयन गर्ने सहमति गरेको थियो ।
सम्झौतामा कर्मचारीले पाउदै आएको उपदान २ महिनाबाट ४ महिना पुर्याउने , सेवा अवधी ५८ वर्षबाट ६० वर्ष हुने, बिमा रकम वृद्धि गर्ने, करारबाट स्थायी भएका कर्मचारीको सेवा अवधी जोडिने , समय सापेक्ष खानेपानीको महसुल वृद्धि लगायत संस्थागत सुधार विषयमा सम्झौता भएको थियो । युनियनहरुसंग भएको सम्झौता कार्यान्वयनमा युनियनहरुको जोड दिएका छन ।
निहित स्वार्थका लागि अनावश्यक माग राखेर केयूकेएलमा बखेडा निकाल्ने युनियनहरुका अध्यक्ष र महासचिवलाई केन्द्रिय कार्यालयमा सरुवा गरेर केयूकेएलको भष्टाचारलाई न्युनिकरण गर्न केहि कर्मचारीहरुले आवाज उठाइरहेका छन ।
प्रतिक्रिया दिनुहोस्