काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

बागमतीका मन्त्रीसहित १२ प्रदेश सांसद एमाले छोडेर एकीकृत समाजवादीमा

4.85K
shares
khanepani bord

काठमाडौ । बागमती प्रदेशका मन्त्रीसहित १२ जना प्रदेश सभा सदस्यले एमाले छोडेका छन्।

सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ जना प्रदेश सभा सदस्यले मंगलबार नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी
पार्टी रोजेर निर्वाचन कार्यालयमा सनाखत गरेका छन्।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहेको सांसद लक्ष्मण लम्सालले जानकारी दिए।

१२ जना सांसदले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यो सँगै उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्।

बागमतीमा ९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक सांसद छन्।

एकल बहुमतसहित मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएर १२ सांसद एकीकृत समाजवादीतिर लागेपछि अल्पमतमा परेकी हुन्।

IME
khanepani