काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले, महासचिव पोखरेल भेटघाट र छलफलमा

4.59K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन थालेको छ । पार्टीमा विभाजन आएसँगै एमालेले भातृ संगठनलाई थप सक्रिय बनाउन लागेको हो ।

महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनका नेता कार्यकर्तासँग भेटघाट र छलफल थालेका छन् । मंगलबार महासचिव पोखरेलले नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर ५, अखिल नेपाल महिला संघ वडा नम्बर ५ र युवा संघ वडा नम्बर ५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरेका हुन् ।

भेटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, एमाले स्थानीय नेता गणेश श्रेष्ठलागयतको उपस्थिति थियो ।

नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय संगठनको भेला आयोजना गरिएको हो ।

भेटमा महासचिव पोखरेलले महिला नेतृहरुलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरे ।

कार्यक्रममा प्रदेश सांसद सिलवालले सबै किसिमका सहयोगको लागि आफू तयार रहेको बताए । उनले नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न हौसला दिए । कार्यक्रममा नेपाल खेलकुद महासंघ वडा नम्बर ५ का अध्यक्ष मनिष डंगोलले खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे ।

त्यस्तै, युवा संघका वडा नम्बर ५ का अध्यक्ष सुशील प्रजापतिले युवालाई सीपमूलक काममा लगाउनुपर्ने बताए । त्यसैगरी, वडा कमिटी अध्यक्ष प्रजापतिले सबै किसिमका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अखिल नेपाल महिला संघकी वडा कमिटी अध्यक्ष हरिकला केसीले महिलालाई सबै क्षेत्रमा विशेष प्राथमिकता दिन आग्रह गरिन् ।

IME
khanepani