सभापति छान्‍न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा

काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् ।

पौडेल समूहका नेता अर्जुननरसिंह केसीले बुधबार अपराह्न पनि बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार सभापतिसहित पदाधिकारीको टीममा सहमति गर्न नेताहरुबीच छलफल भइरहेको छ ।

‘हामीहरु निरन्तर संवादमा छौं, सकेसम्म वडा अधिवेशनअघि नै सभापति र पदाधिकारीका उम्मेदवारको टुंगो लगाउने प्रयासमा छौं,’ उनले भने, तत्काल नाममा सहमति नभए महाधिवेशनमा एकै ठाउँमा हुन्छौं भन्ने सन्देश दिन सामूहिक प्रतिवद्धता जनाउने कार्यक्रम छ ।’ मंसिर ९-१३ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

मंगलबार बसेको पौडेल समूहको बैठकले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । नेता केसीका अनुसार सहमतिको प्रयास भइरहेकाले पत्रकार सम्मेलनको समय टुंगो लागिनसकेको बताए ।

पौडेल समूहमा सभापतिका चार आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । चारैजना आकांक्षीले आफूलाई बलियो उम्मेदवारका रुपमा पेश गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस  अदालतको अपहेलना मुद्दामा डा गोविन्द केसी पक्राउ परे, अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी
१६,भाद्र.२०७८,बुधबार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: