किर्तिपुर शाखाका थापालाई अख्तियारमा मुद्धा, समाचारमा लगाएको आरोप झुट्टा भएको त्रिपाठीको दावी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) किर्तिपुर शाखाका शाखा प्रमुख भाद्र महिनाको गोरु जस्तो छाडा हुन थालेको समाचार प्राप्त भएको छ । र्कितिपुर शाखामा मिलन थापा शाखा प्रमुख छन । यो शाखाको लागि कुनै योजना बनाउदैनन उनी । उनी नगरपालिकासँग मिलेन अन्धाधुन्ध पाइपलाइन गर्दछन । त्यहाँ कुनै लागत स्टीमेट बन्दैनन । लागत स्टीमेट बनाउँछन ठेकेदारले । टेकेदारको तहजविजमा यो शाखा चलिरहेको छ ।

यो शाखामा कुनै काम परे नगरपालिकाका मेयर, उपमेयर र बडाअध्यक्षलाई सिधा मुख्य कार्यालयका प्रमुख सिइओलाई फोन गराएर धम्की दिन्छन । उनको धम्कीले आजित भएर थापालाई सुन्दरीजल शाखामा सरुवा गराउन खोज्दा थापाले विरामि भएको नक्कली कागज बोकेर सिइओ लगायत प्रायः सबैमा जालसाझी जस्तो जधन्य अपराध गरेर यहि शाखामा टिकिरहने प्रपन्च गरेका थिए । उनी यो शाखाको मात्र हैन केयूकेएलकै भाइरस कर्मचारीका नामले परिचित छन । यीनलाई यो शाखाबाट तुरुन्त हटाइदिन सिइओलाई बारम्बार दवाव आएपनि सिइओले हटाउन सकेका छैनन ।

थापाले किर्तिपुर शाखामा मेलम्चीको पानी आएपछि लिक मर्मतमा लिएको करिब एक करोड २५ लाख करिब १० प्रतिशत काम गरेर अरुसबै नक्कली वील बनाएर खाएको भन्दै केहि कर्मचारीहरुले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजूरी समेत हालेका छन ।
थापाले सिइओ मिलन कुमार शाक्यलाई धेरै ठाउँमा बद्नाम गर्दै हिडेको र जथाभावी बोलेका कारण सिइओ उनीसँग आजित भएका छन । उनलाई सुन्दरीजल टिट्मेन प्लान्टमा पठाउन दवाव समेत परेको बुझिन आएको छ । दिउँसो काम गर्दा पाइपलाईन मापदण्ड अनुसार जमिन मुनि विछ्याउनु पर्ने भएका कारण
थापाले राती राती काम गरेर मापदण्ड छलेले खाने गरेको तथ्य बाहिर आएको छ । उनले राति कीर्तिपुर, ट्याङ्लामा राती १० बजेसम्म अजिमा ख्यः चोकमा पाईप लाइन गरेका छन ।

त्यसैगरि १४,भाद्र,२०७८,सोमबार १६ः१९ बजे नेपाली जनतामा “केयूकेएलमा जागिर अबधि सकिन लागेका यूनियनका नेताहरुले समय अवधि नबढाए आन्दोलन गर्ने दिए धम्की” भन्ने शिर्षकमा प्रकाशित समाचार प्रति केयूकेएल स्वतन्त्र कर्मचारी युनियनका महासचिव प्रेम त्रिपाठीले रोष प्रकट गरेका छन । उनले भनेका छन, “यो युनियनमा आवद्ध कर्मचारीहरु राजनितिकरुपमा स्वतन्त्र रहेका छन । यो कुनै राजनितिक पार्टीको भातृ संगठन हैन । केयूकेएलमा संगठित युनियनहरुले संयुक्तरुपमा केहिमाग व्यवस्थापन समक्ष राखेको छन । यी माग कर्मचारीहरुका हितमा छन त्यसैले यो संगठन कसैको दासत्व स्वीर्कादैन । र पत्रिकाको समाचारमा लेखिए जस्तो यो संगठनको कुनै अदृश्य लाभ र अन्य कुरामा निर्देशित छैन भन्ने कुरा आम कर्मचारीहरुमा जनकारी गराउन चाहन्छौ ।”

१६,भाद्र.२०७८,बुधबार १५:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्