काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोकतान्त्रिक समाजवादी

6.07K
shares
khanepani bord

जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।

बुधबार १० जनाले सनातखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए ।

निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

IME
khanepani