काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार

4.21K
shares
khanepani bord

कैलाली । प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।

कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो।

निर्वाचन आयोगले भदौ २२ गते सम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ ।

सोही अनुसार जिल्लामा स्थानीय तहमा पत्राचार गरिएको प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

अहिले सम्म कैलालीमा १३ जनाको मात्रै सनाखत भएको छ । बुधबार सम्म १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । भने ३ जना स्थानीय तहका जन प्रतिनिधिले पनि नेकपा (एकीकृत समाजवादी) सनाखत गरेका छन् ।

बुधबारसम्म लोकतान्त्रिक समाजवादी पार्टीमा कसैले पनि सनाखत गरेका छैनन् ।

khanepani