काठमाडौं । कहि नभएको जात्रा हाँडी गाउँमा यो उखान नेपाली जनजिब्रोको चल्तीको उखान टुक्का हो । यो समयमा यसैलाई मिल्दो जुल्दो काम भएको छ । कहि नभएको वितन्डा केयूकेएलमा भन्ने खालको ।
स्वनामधारी केयूकेएलका यूनियनका नेताका नाममा लुटको खेती गरिरहेका नेता कर्मचारीहरुले आन्दोलनको डंका पिटिरहेको समयमा एक जना कान्तिकारी अध्यक्षको फेसबुक स्टाटसमा देखिएको पक्ष विपक्षको वादविवादले केयूकेएलमा नेताहरु बाहेक कर्मचारीहरु आन्दोलनको पक्षमा छैनन भन्ने कुराको पुष्टि गरेको छ ।
केयूकेएलका केहि साना दर्जाका कर्मचारीले केहिदिन देखि बारम्बार नेपाली जनताको कार्यालयमा फोन गरिरहेका छन । उनीहरु आन्दोलनको पक्षमा छैनन । तर, नेताहरु आफ्नो स्वार्थका लागि र केयूकेएल व्यवस्थापनलाई झुकाएर सधै आफ्नो अविष्ठ पुरा गराउन आन्दोलनको बेमौसमी बाजा बजाइरहेका छन । त्यसैले हामि सानाको आवाज उठाइदिनु परो भन्ने आग्रह पछि यो समाचार तयार भएको छ । तर, समाचार स्रोतहरु युनियनका नेताहरुको डर, धाक, धम्की र त्रासका कारण नाम उल्लेख गर्न मानिरहेका छैनन ।
एक जना कर्मचारी यूनियनका नेताको स्टाटसलाई आधार मान्ने हो भने, आन्दोलन नेताहरुको लागि मात्र हो । साना कर्मचारीहरु आन्दोलन भन्दा संस्था सूधार गर्दै जागिरको ग्यारेन्टीको पक्षमा देखिएका छन । यहाँ कर्मचारीका नेताहरु पनि दूईभागमा विभाजित जस्तै देखिएका छन ।
एक कर्मचारी भन्छन,-‘केयूकेएलमा सबै भन्दा भ्रष्ट हुन कर्मचारीहरुका नेताहरु । उनीहरुका कारण केयूकेएल व्यवस्थापनले भ्रष्टाचारको विल्ला सधै भिरी आरोप र प्रत्यारोप खाइरहनु परेको छ । एउटा युनियनको अध्यक्ष नवलसिंह साउद जो अहिले महांकालचौरको खरिद र प्रशासन प्रमुख छन । उनी जागिरको शुरुदेखि नै राम्रो ठाउमा जागिर खाएर काठमाडौंमा घर र घडेरी जोडेर सुख्खभोग गरिरहेका छन । त्यस्तै अर्का अध्यक्ष छन, शन्तबहादुर बोहोरा । उनी पनि जाउलाखेल जस्तो राजधानीको केयूकेएलको सबैभन्दा ठूलो शाखाको लेखा प्रमुख भएर घर जग्गाको पुरा व्यवस्थापन गरिसकेका छन । गोपालसिंह धामीले मात्र काठमाडौंमा घर र घडेरी जोड्न सकेका छैनन । नभए अन्य नेताहरुको उठबस हेर्ने हो भने लोभ लाग्दो नै छ ।’ केहि कर्मचारी नेताहरुका त एक दुईबटी नै गल्फ्रेन्ड रहेको तथ्य पनि नेपाली जनतामा प्राप्त भएको छ ।
अर्का आन्दोलनका विपक्षमा उभिएका कर्मचारी भन्दछ,-‘सिइओले राम्रो काम गरिरहेका छन । उनी आएपछि विगतमा रोकिएको कर्मचारीहरुको वृद्धिविकास सूचारु भएको छ । खानेपानीमा सूधार देखिन थालेको छ । संस्थागत सूधारका आयमहरुका सूचकहरु उकालो तर्फ लाग्न थालेका छन । केयूकेएललाई कम्पनीबाट पब्लीक कम्पनीमा लैजाने तयारी अगाडि बढीरहेको छ । यस्तो समयमा बखेडा झिकेर आन्दोलन गर्नु कर्मचारीहरुको रोजीरोटीमा लात हान्नु सिवाय केहि होइन । त्यसैले कर्मचारीहरु एक जुट भएर आन्दोलनलाई विफल बनाउनुको विकल्प अर्को छैन ।’
कर्मचारीहरुका मागलाई क्रमैसग पुरा गराउने तर्फ केयूकेएल व्यवस्थापन छलफल र सहमतिमा जुटेको पनि बुझिन आएको छ । केयूकेएल शाखाहरुको अनियमितता र भ्रष्टाचारलाई न्युनिकरण गर्दै अगाडि बढ्न व्यवस्थापन पक्ष लागे पछि, यो आन्दोलनको तयारी भएको कुरा पनि कर्मचारीहरुको तर्क रहेको छ । विगतलामो समयदेखि शाखाका राम्रो ठाउमा रहेका कर्मचारीका नेताहरु र उनीहरुले संरक्षण गरेका कर्मचारीहरुलाई विस्तार विस्थापित गर्न लागेको कारण नेता कर्मचारीहरुले व्यवस्थापनलाई कमजोर बनाउने खेल शुरु भएको कर्मचारीहरुको तर्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस्