बाँकेमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सल्यान र दाङका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

सल्यानको त्रिवेणी गाउँपालिका ६ की ६६ वर्षीया महिलाको उपचारको क्रममा बुधबार राति ९ बजे मृत्यु भएको हो । उनीमा साउन ३२ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै दाङको गढवा गाउँपालिका ६ की ९५ वर्षीया महिलाको बिहीबार बिहान ७ः२० बजे मृत्यु भएको हो । उनीमा भदौ १३ गते संक्रमण पुष्टि भएको थियो ।

१७,भाद्र.२०७८,बिहीबार १४:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्